नियम २७
सर्भेयरको इजाजतपत्र दिनु पर्ने
(१) नियम २६ बमोजिम सर्भेयरको इजाजतपत्रको लागि निवेदन प्राप्त भएपछि समितिले नियम २८ बमोजिम निवेदकको योग्यता पुगे नपुगेको जाँचबुझ गरी निजलाई सर्भेयरको इजाजतपत्र दिन उपयुक्त देखेमा निजको नाम सर्भेयरको रूपमा अनुसूची–१३ बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदकको नाम दर्ता किताबमा दर्ता गरिसकेपछि समितिले निवेदकसँग इजाजतपत्र बापत नियम २८क. बमोजिम “क” वर्गको इजाजतपत्र भए बाह्र हजार रुपैयाँ, “ख” वर्गको इजाजतपत्र भए नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भए सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भए पाँच हजार रुपैयाँ दस्तुर लिई त्यस्तो निवेदकलाई अनुसूची–१४ बमोजिमको ढाँचामा सर्भेयरको इजाजतपत्र
दिनु पर्नेछ ।